हाइटीमा अस्पतालको पत्रकार सम्मेलनमा गोली चल्यो, दुई पत्रकारसहित तीन जनाको मृत्यु
एजेन्सी : क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ।
हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्समा भएको गोलीकाण्डमा कयौं मानिस घाइते भएका छन्। यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो।
गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए। रिपोर्टका अनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ। हमला भिभ अन्सानम समूहले गराएको थियो।
यो गोलीबारी पछिका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
पुष १०, २०८१ बुधबार ०९:३९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।