फिल्म प्रचारकै बिचमा गीत छायाङ्कन गर्ने के आपत् आइलाग्यो कार्साङ टिमलाई ?

फिल्म प्रचारकै बिचमा गीत छायाङ्कन गर्ने के आपत् आइलाग्यो कार्साङ टिमलाई ?

काठमाडौँ : पुस २६ को रिलिज डेट पक्का गरेर प्रचारमा लागिसकेको फिल्म कार्साङ टिमले छायाङ्कन भने अझै सक्काएको रैनछ।

फिल्मको ट्रेलरले राम्रै प्रशंसा पाएकै हो। विशेष जितु नेपाल अनि दिया मास्केको संवाद भाइरल भएकै छ। तै पनि निर्माण टिम भने गीत छायाङ्कनतिर पो लाग्यो।

शेर्पा समुदायको कुनै विशेष परम्परा र त्यो परम्परा धान्नेको आर्थिक हैसियत जोडिएको कथा नै यो फिल्मको मूल थिम हो भन्ने त ट्रेलरमै आएको विषय हो। अब यसमा फेरि दयाहाङ राई अनि सिर्जना निङलेखुलाई किन नचाउनु पर्या होला। काठमाडौँको मूलपानीमा छायाङ्कन भएको फिल्मको गीतको गेटअपले यो कल्पनामा आधारित वा फिल्मको प्रमोशनल गीत हो कि भन्ने देखाउँछ।

सामान्य रकम जोहो गर्न सङ्घर्षरत जोडी देखिएका छन् ट्रेलरमै दयाहाङ र निङलेखु। गीतमा देखिएको ड्रेसअपको के हैसियत छ र पात्रको।

निर्माण टिमको दाबी पत्याउने हो भने यो गीत पहिला नै फिक्स गरिएको थियो। दयाहाङ अन्य प्रोजेक्टमा व्यस्त हुँदा छायाङ्कन रोकिएको थियो। दयाहाङको समय मिलेसँगै गीतको छायाङ्कन भयो। अनि फिल्मको छायाङ्कन पनि सकियो।

पुष १०, २०८१ बुधबार ०१:५३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।