संविधान संशोधन प्रक्रिया कहिले अघि बढ्छ? गृहमन्त्री भन्छन्- यसमा समय लाग्छ

संविधान संशोधन प्रक्रिया कहिले अघि बढ्छ? गृहमन्त्री भन्छन्- यसमा समय लाग्छ

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। 

मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरूसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरू गर्ने बताए। 

उनले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौं। संविधानको समीक्षा गर्छौं। विषयहरूको पहिचान गर्छौं। चरणबद्ध रुपमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौं र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ। यसमा समय लाग्छ। तर त्यो प्रक्रिया अगाडि बढ्छ। संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो।’

उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिवद्ध रहेको पनि बताए। 

उनले भने, ‘संघीय लोकतन्त्रात्मक शासन प्रणाली व्यवस्थामा छौं। संविधानको मूल मर्म भएको हुनाले के आग्रह गर्न चाहन्छु भने नेपाल सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिबद्ध छ।’ 

पुष ९, २०८१ मंगलबार १६:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।