कार्यालयकै काममा थिए ट्रकले ठक्कर दिएर मृत्यु भएका प्रहरी जवान चौधरी

कार्यालयकै काममा थिए ट्रकले ठक्कर दिएर मृत्यु भएका प्रहरी जवान चौधरी
फाइल

दाङ : मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ। 

ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको उपचारका क्रममा स्थानीय लमही अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए।

कार्यालयको काममा खटिरहेका लमही नगरपालिका-७ का २६ वर्षीय प्रहरी जवान चौधरी सोही वडास्थित पदमिनी खोला नजिक ट्रकसँग ठोक्किएर हिजो सोमबार घाइते भएका थिए। 

लु १ ख ९३५२ नम्बरको ट्रक र सोही दिशामा गुडिरहेको लु प्र ०१–००२ प ११४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि घाइते भएका चौधरीको आज लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  

त्यस घटनामा संलग्न ट्रक चालक रूपन्देही जिल्ला सियारी गाउँपालिका-४ का २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

पुष ९, २०८१ मंगलबार १६:०६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।