सुदूरपश्चिम अनि कर्णालीमा वर्षा र हिमपात, काठमाडौं उपत्यकामा चिसो बढ्ने

सुदूरपश्चिम अनि कर्णालीमा वर्षा र हिमपात, काठमाडौं उपत्यकामा चिसो बढ्ने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ। 

महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेले पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सफा रहने जानकारी दिए। 

उनले तराई तथा काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरे। 

उनले मौसम भोलि बुधबारसम्म बदली रहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने बताए। 

पुष ९, २०८१ मंगलबार १४:४६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।