हमास नेता हानियालाई इरानमै मारेको इजरायलको स्वीकार

हमास नेता हानियालाई इरानमै मारेको इजरायलको स्वीकार

एजेन्सी : इजरायलले हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक नेता इस्माइल हानियालाई इरानको तेहरानमा यसै वर्षको जुलाईमा मारेको स्वीकार गरेका छन्।

आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाउने समेत बताएका छन्। यस क्रममा उनले हमासका नेताहरूसँग पनि कुराकानी गरेका थिए।

हानियाको मृत्यु
हानिया मारिएको बेला इरानको तेहरानस्थित एउटा भवनमा थिए। त्यसबेला पनि हमास र इरानले इजरायललाई हमलाको जिम्मेवार ठहर गरेका थिए।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग गाजामा युद्धविराममा सहमतिको दिशामा केही प्रगति भएको बताएका छन्। तर, यो सम्झौता कहिले हुन्छ भन्ने कुनै समय सीमा तोकिएको छैन।

हमास र इजरायलबीच ९० प्रतिशत वार्ता पूरा भइसकेको तर केही महत्वपूर्ण विषयमा छलफल हुन बाँकी रहेको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताए।

पुष ९, २०८१ मंगलबार ०७:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।