नेपालगञ्जमा ‘जमिन मुनिबाट सुन निकाल्दिन्छु’ भन्दै दुई करोड रुपैयाँ ठगी

नेपालगञ्जमा ‘जमिन मुनिबाट सुन निकाल्दिन्छु’ भन्दै दुई करोड रुपैयाँ ठगी

बाँके : ‘जमिन मुनिबाट सुन निकाल्दिन्छु’ भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बलरामपुर सिंहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई रहेका छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

हलवाईले नेपालगंज उपमहानगरपालिका-१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकाल्दिन्छु भन्दै पीडितबाट पटक-पटक गरी २ करोड रूपैयाँ ठगी गरेको उजुरी परेको थियो।

पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगञ्ज उपमहानगरपालिका-४ बसपार्कबाट उनलाई पक्राउ गरेको हो।

उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष ८, २०८१ सोमबार १३:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।