एनपीएल फाइनलपछि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ

एनपीएल फाइनलपछि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनल खेलपछि प्रतिस्पर्धी टिमका समर्थकमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एनपीएल फाइनलमा जनकपुर बोल्टस र सुदुरपश्चिम रोयलबीचको फाइनल खेलपछि अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिहरूलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुदूरपश्चिम रोयल्सका समर्थक डोटीको आदर्श गाउँपालिका-२ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका-८, पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीको दिपायल सिलगढी नगरपालिका-१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका-०७ भाजङगल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन्।

उनीहरूलाई आइतबार साँझ सात बजे नियन्त्रणमा लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

पुष ८, २०८१ सोमबार १३:१७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।