शिवमाया तुम्बाहाङ्फे र शंकर शर्मासहित पाँच राजदूतले लिए शपथ

शिवमाया तुम्बाहाङ्फे र शंकर शर्मासहित पाँच राजदूतले लिए शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महासङ्घका लागि नवनियुक्त राजदूत जंगबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपालले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

यसका अलावा गणतन्त्र कोरियाका राजदूत डा.शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शंकरप्रसाद शर्माले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जनाइएको छ।

पुष ८, २०८१ सोमबार १२:४२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।