सुदूरपश्चिम प्रदेश तथा कर्णालीमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

सुदूरपश्चिम प्रदेश तथा कर्णालीमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

साथै तराई लगायत पहाडी भू-भागका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

आज साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरूमा हल्का वर्षा साथै कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको जनाएको छ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।

पुष ८, २०८१ सोमबार ०७:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।