ब्राजिलमा विमान दुर्घटना हुँदा सवार १० जनाकै मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा सवार १० जनाकै मृत्यु

एजेन्सी : दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

विमान एउटा भवनको चिम्नीमा ठोक्किएकोफर्निचर स्टोरमा खसेको रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले जनाएको छ। विमान रियो ग्राण्डे सुलको अर्को पर्यटकीय शहर क्यानेला नगरपालिकाबाट उडेको थियो।

‘नागरिक सुरक्षाले १० जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा कोही पनि जीवित छैनन्’, राज्य सिभिल पुलिसको आन्तरिक पुलिस विभागका निर्देशक क्लेबर डोस सान्तोस लिमाले भने।

ग्रामाडो ब्राजिलको एक चर्चित पर्यटकीय शहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकको उल्लेखनीय आगमन हुन्छ।

पुष ८, २०८१ सोमबार ०७:०६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।