साताको पहिलो दिन डबल अंकले घट्यो नेप्से, कारोबार रकम चार अर्ब १५ करोड
काठमाडौँ : साताको पहिलो दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घट्यो। आइतबार नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ को बिन्दुमा बन्द भयो।
आइतबार तीन सय १९ कम्पनीका ९१ लाख ८० हजार सात सय १८ कित्ता शेयर ५७ हजार आठ सय ६३ पटक खरिदबिक्री हुँदा चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार एक सय सात बराबरको कारोबार भयो।
जलविद्युत् समूह शून्य दशमलव ६५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै विकास बैङ्क समूह दुई दशमलव ०५ र वित्त समूह एक दशमलव ४९ प्रतिशतले घटेको छ।
बैङ्किङ शून्य दशमलव ८७, होटेल तथा पर्यटन शून्य दशमलव ०१, लगानी एक दशमलव १८, जीवन बिमा शून्य दशमलव ८१, लघुवित्त शून्य दशमलव ३९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बिमा शून्य दशमलव ८२, व्यापार एक दशमलव ३५ र अन्य समूह शून्य दशमलव ३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
आइतबारको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाहारी हाइड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोसी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य छ दशमलव ४० प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आइतबार सबैभन्दा धेरै रिभर फल्स फावर लिमिटेडको २२ करोड तीन लाख १२ हजार आठ सय ३४ बराबरको दुई लाख ५२ हजार एक सय ४९ कित्ता शेयर किनबेच भयो।
पुष ७, २०८१ आइतबार १९:०८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।