बिदा मनाउन खोला किनारमा गएका थिए, टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा शिक्षिका र विद्यार्थीको मृत्यु

बिदा मनाउन खोला किनारमा गएका थिए, टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा शिक्षिका र विद्यार्थीको मृत्यु

तेह्रथुम : खोला किनारामा टिकटक बनाउने क्रममा दुई जनाको मृत्यु भएको छ। 

शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया शिक्षिका नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो। 

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरू खोलामा बगेका थिए।

अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए। शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने छ।  

पुष ७, २०८१ आइतबार ०८:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।