चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित

चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित

चितवन : गोरखामा चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका-१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन्। शनिबार इच्छाकामना न्यूज डटकमको सातौं वार्षिकोत्सवका अवसरमा इच्छाकामना-३ चुम्लिङटारमा उनलाई सम्मान गरिएको हो। 

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गरेका थिए। मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बनेको बताए। 

विसं २०४८ कात्तिक ७ मा बेनिघाट–रोराङ गाउँपालिका-६ धादिङमा जन्मिएकी रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका-१ मा विवाह गरेर गएकी हुन्। उनी स्नातकोत्तर तह (एमएड) उतीर्ण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बनेकी छन्।  

पुष ७, २०८१ आइतबार ०७:५३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।