टिकटक बनाउँदा खोलाले बगाएर नर्स र विद्यार्थीको मृत्यु

टिकटक बनाउँदा खोलाले बगाएर नर्स र विद्यार्थीको मृत्यु

तेह्रथुम : टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बग्दा दुई जनाको मृत्यु भएको छ। शनिवार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ बर्सिया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ बर्सिया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरू शनिवार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरू खोलामा बगेका थिए।

खोलामा बगेका उनीहरूको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनीमाया तामाङले जानकारी दिइन्। शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताइन्।

पुष ६, २०८१ शनिबार २१:५५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।