उकेरा टप फाइभ : गायिका समीक्षाको डिपफेक भिडियोदेखि डाक्टर डा. सन्देशको उपचार अनुभवसम्म

उकेरा टप फाइभ : गायिका समीक्षाको डिपफेक भिडियोदेखि डाक्टर डा. सन्देशको उपचार अनुभवसम्म

काठमाडौँ : नेपाल प्रिमियर लिगको फाइनलका कारण शनिवारको माहौल क्रिकेटमय भयो। पूर्व प्रधानमन्त्रीहरूदेखि खेल प्रेमीहरुसम्म कीर्तिपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेर जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल प्रतिस्पर्धा हेरे।

एनपिएलको प्रारम्भदेखि नै क्रिकेटमय माहौल निर्माण गर्न क्यानको आयोजक कमिटी निकै सक्रिय देखिएको थियो। पहिलो दिनको उद्घाटन खेलमा व्यवस्थापनको अभावमा दर्शकहरू चेपिएर घाइते हुने घटनासम्म भए पनि समापनमा कुनै दुर्घटना भएन।

एनपिएलको आयोजक संयमित देखिए व्यवस्थापनमा। एनपिएलको पहिलो सिजन नै भव्य रूपमा सम्पन्न भए पनि यही लिगबाट नेपालमा अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट ब्रान्डको समेत प्रभाव बढ्यो।

यस अगाडि पनि फाट्टफुट्ट खेलहरूमा अनलाइन जुवा खेलाउने कम्पनीले छद्म नामबाट आफ्नो प्रभाव बढाउने गरेका थिए। चर्चा र प्रचारका हिसाबमा एनपिएल ती सबै लिगहरूभन्दा अब्बल देखियो नै जति यसको प्रचार बढ्यो त्यति नै जुवा खेलाउने वुल्फत्रिपलसेभेन जस्ता कम्पनीले समेत क्रेजको दुरुपयोग गरे। दुरुपयोगको मतियार बने एनपिएल आयोजक समितिका प्रमुख पारस खड्का।

अब उकेरामा शनिवार प्रकाशित पाँच मुख्य खबर

जब घरबेटीले सांसद उमादेवीलाई मुखै फोरेर ‘तपाईँ त डुम हुनुहुँदो रहेछ’ भनिन्...

सुदूरपश्चिम प्रदेशसभाकी पूर्व सदस्य उमादेवी बादीले जातकै कारण भोग्नुपरेको पीडा उकेराको नियमित स्तम्भ जातका कुरामा प्रकाशित भयो शनिवार।

०७४ को निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश सांसदमा मनोनीत गरेको बादी कुनै समय अर्धनग्न रूपमा सिंहदरबारको गेटमा चढेर चर्चामा आएकी थिइन्। बादी समुदायको अधिकारका लागि निरन्तर सक्रिय उनले जातका कारण पाएको हन्डर अनि अन्तर्जातीय प्रेमका कारण पाएको ठक्करलाई हामीले प्रमुख प्राथमिकताका साथ प्रकाशित गर्यौ।

पुरा समाचार :  जब घरबेटीले सांसद उमादेवीलाई मुखै फोरेर ‘तपाईँ त डुम हुनुहुँदो रहेछ’ भनिन्...

एनपिएल फाइनलमा प्रधानमन्त्री अनुपस्थितदेउवा र प्रचण्डले खेलाडी तानीतानी मेडल लगाइदिए

नेपाल प्रिमियर लिग पहिलो सिजनको फाइनलको विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई ट्रफी तथा मेडल दिन प्रधानमन्त्री केपी ओली मैदानमा उपस्थित भएनन्।

खेल अगाडि नै एनपिएलको आयोजकले सार्वजनिक गरेको भिडियो सन्देशमा पहिला नै इटहरीमा तय भएको कार्यक्रममा जानु परेकाले खेल हेर्न मैदानमा उपस्थित हुन नसके पनि मोबाइल या टिभी जेमा सम्भव हुन्छ खेल हेर्ने बताएका थिए ओलीले।

ओलीको विकल्पमा एनपिएलका विजेतालाई मेडल र ट्रली दिन सत्ताधारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मञ्चमा उपस्थित भएका थिए।

पुरा समाचार : एनपिएल फाइनलमा प्रधानमन्त्री अनुपस्थित, देउवा र प्रचण्डले खेलाडी तानीतानी मेडल लगाइदिए

डा. सन्देशको उपचार अनुभव : सामाजिक सञ्जालको भिडियो हेरेर कतिपय बिरामी ‘मेरो टाउकोमा ट्युमर छसिटी स्क्यान गर्नुपर्यो’ भन्दै आइपुग्छन्

डा. सन्देश बिरामीसँग बोल्नै नखोज्ने, बिरामीले सोधेका कुरामा झारा टार्ने गरी जवाफ फर्काउने जस्ता काम गर्दैनन्। बिरामीको अनुहारमा हेरेर कुरा गर्छन्। बिरामीसँग राम्ररी कुराकानी नगरी उनी बिरामीलाई औषधि नै दिँदैनन्। 

बिरामीसँग कुरा गर्दा आफूले कहिल्यै झर्को नमानेको उनले अनुभव सुनाए। कतिपय बिरामीहरू अशिक्षा लगायत बुझ्ने क्षमताको अभावका कारण चिकित्सकको सबै सुझाव नबुझ्न सक्छन्। तर, कतिपय शिक्षित बिरामी पनि लापरबाही (नेग्लिजेन्स) गर्दा रोगलगायतको विषयमा नबुझ्ने गरेको उनको अनुभव छ। चिकित्सकको सुझाव नलिने अनि सही तरिकाले बुझ्ने कोसिस नगर्ने जस्ता समस्याका कारण रोग ठिक हुने सवालमा समेत समस्या हुने गरेको उनले सुनाए। 

स्वास्थ्यमा जनचेतना फैलाउने दृष्टिले सामाजिक सञ्जाल प्रयोगको सकारात्मक भूमिका नभएको हैन। तर, सामाजिक सञ्जालका नकारात्मक असरसमेत भएको डा. सन्देशले अनुभव सुनाए। कतिपय बिरामी भने सामाजिक सञ्जालबाट रोगको विषयमा अपूरो ज्ञान लिएरसमेत समस्या हुने गरेको अनुभव छ।

कतिपय बिरामी त ‘मेरो टाउकोमा ट्युमर छ, सिटी स्क्यान गरिदिनुपर्यो डाक्टरसाप’ भन्दै उनीकहाँ पुग्छन्। ‘मलाई एमआइराई गर्नुपर्यो, यो रोग लागेको छ, यसको उपचार गरिदिनुपर्यो’ भन्दै समेत आउने गरेको उनले सुनाए। 

यसरी अस्पताल पुग्ने बिरामीलाई समेत सम्झाई-बुझाई गरेर उपचार प्रक्रियाका लागि सुझाव दिने सवालमा डा. सन्देश चुक्दैनन्। 

पुरा समाचार डा. सन्देशको उपचार अनुभव : सामाजिक सञ्जालको भिडियो हेरेर कतिपय बिरामी ‘मेरो टाउकोमा ट्युमर छ, सिटी स्क्यान गर्नुपर्यो’ भन्दै आइपुग्छन्

आवासीय चिकित्सकको निर्वाह भत्तामा राजनीति : द्वन्द्व बढाउन आयोगका पदाधिकारी सक्रियलैलैमा लागे दुई मन्त्री

चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिले स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकलाई ४८ हजार निर्वाह भत्ता दिन निजी मेडिकल कलेजलाई दिएको निर्देशन राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा (दोस्रो संशोधन) नियमावली, २०४९ को नियम विपरीत देखिएको छ।

कानुनले आयोगलाई शिक्षण शुल्क तोक्ने अधिकार दिएको छ। तर भत्ता लगायतका विषय तोक्ने अधिकार छैन। आयोगका उपाध्यक्ष अञ्जनीकुमार झा पनि यो कानुनी व्यवस्था स्वीकार गर्छन्। उनी एकातिर कानुनी व्यवस्था छैन पनि भन्छन्। तर अर्कोतिर निर्वाह भत्ता आफैँ तोक्न पनि सक्रिय छन्।

पुरा समाचार : आवासीय चिकित्सकको निर्वाह भत्तामा राजनीति : द्वन्द्व बढाउन आयोगका पदाधिकारी सक्रिय, लैलैमा लागे दुई मन्त्री

कपिलवस्तुमा अपमान भोगेकी समीक्षा अधिकारीको बुटवलमा एआई भिडिओ बनाएर चरित्रहत्या

समीक्षा आउने भएपछि दर्शकको पनि भीड बढेको थियो भने प्रहरीले पहिलेबाटै सतर्कता अपनाएका थिए। किनकि आयोजक र प्रहरी अघिल्लो पटकको घटनाबाट सशङ्कित थिए। अनि त्यही अनुसारको तयारी थियो। 

तर, अहिले त्यही कार्यक्रमको एक भिडिओ समीक्षाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको छ। जुन एआईको प्रयोग गरेर बनाइएको फेक भिडिओ भएको भन्दै समीक्षाले आपत्ति जनाएकी छन्। यसबारे थाहा पाएपछि शनिवार समीक्षाले साइबर ब्युरोमा उजुरी दिने बताएकी छन्।

पुरा समाचार : कपिलवस्तुमा अपमान भोगेकी समीक्षा अधिकारीको बुटवलमा एआई भिडिओ बनाएर चरित्रहत्या

पुष ६, २०८१ शनिबार २१:५७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।