शेखर कोइरालाको चिन्ता 'नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो हुन थाल्यो'

शेखर कोइरालाको चिन्ता 'नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो हुन थाल्यो'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्।

उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनमा उनले पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको बताए। 

उनले भने, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ। पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ। यसका किन्तु परन्तु भन्न पाइँदैन। उनले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ। नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ।’ 

उनले नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताए 

अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको भन्दै उनले बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले आफू चिन्तित रहेको बताए। 

कोइराला आफूले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरे। 

पुष ६, २०८१ शनिबार १९:२०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।