एनपिएलको उपाधि चुम्न चुकेपछि सुदूरपश्चिमका कप्तान ऐरीले भने 'खेलमा हारजित हुन्छ'

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेर ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड पाएका सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलमा हारजित हुने बताएका छन्।
उनले नेपाली बजारमा ६२ लाख रूपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार पाए। तर, सुदूरपश्चिमले एनपिएलको उपाधि भने गुमायो।
आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुम्यो।
त्यसपछि प्रतिक्रिया दिने क्रममा ऐरीले खेलमा हारजित हुने र त्यसलाई स्वीकार्नुपर्ने बताए।
‘खेलमा हारजित हुन्छ। अर्कोपटक राम्रो गर्छौं,’ ऐरीले भने।
पुष ६, २०८१ शनिबार १७:५७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।