एनपिएलमा दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द टुर्नामेन्ट, विपिन उदीयमान खेलाडी

काठमाडौँ : नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड बापत ओमोडा कार जितेका छन्।
शनिवार भएको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भए पनि सुदूरपश्चिमका क्याप्टेन समेत रहेका दीपेन्द्र प्लेयर अफ दी टुर्नामेन्ट भए।
ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक पाए। एनपीएलको पहिलो सिजनमा अभागी देखिएको टिम लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड पायो।
एनपीएलमा ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थता ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ घोषित भए। उनले २ लाख रुपैयाँ पाए।
२०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम जिते बेस्ट ब्याटर घोषित भए। उनले पनि दुई लाख रुपैयाँ नगद पाएका छन्।
१६ वर्षका कर्णाली याक्सका विपिन शर्मा उदीयमान खेलाडी घोषित भए। उनले कर्णालीलाई प्लेअफमा पुर्याउन १३ विकेट लिएका थिए। उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा १० लाखको छात्रवृत्ति पाए।
पुष ६, २०८१ शनिबार १७:२६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।