एनपिएलको फाइनल हेर्न टियु ग्राउण्डमा प्रचण्ड र देउवा सँगसँगै

एनपिएलको फाइनल हेर्न टियु ग्राउण्डमा प्रचण्ड र देउवा सँगसँगै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू नेपाल प्रिमियर लिग एनपिएलको फाइनल खेल हेर्न टियु ग्राउण्ड पुगेका छन्। 

फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुरस्थित टियु ग्राउण्डमा देउवा-प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका मुख्य मन्त्री कमल शाह, नेता राजेन्द्र महतोलगायत नेताहरु पनि रंगशाला पुगेका छन्।

फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका छन्। 

पुष ६, २०८१ शनिबार १५:१७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।