एनपीएलको उपाधि जित्न सुदूपश्चिमले जनकपुरलाई दियो एक सय ८५ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्न सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय ८५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनाए।
उसका लागि सैब अली जैबले ४३ बलमा आठ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६९ रन जोडे। विनोद भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन जोडे।
जैब र भण्डारीले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे।
त्यसका अलावा ब्रान्डन म्याकमलन र हरमित सिंहले समान १४-१४ रन बनाउँदा स्कट कुग्गलाइनले १३ रन जोडे।
जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान तीन-तीन विकेट लिँदा ललित राजवंशी र जेम्स निसमले समान एक-एक विकेट लिए।
जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
विजेता टोलीले उपाधिसँगै एक करोड १० लाख रुपैयाँ पाउनेछ। उपविजेताले ५१ लाखमा चित्त बुझाउनुपर्नेछ।
पुष ६, २०८१ शनिबार १४:०९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।