एनपीएल फाइनलमा जनकपुरलाई तेस्रो सफलता
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सको तेस्रो विकेट झारेको छ।
१२औं ओभरको अन्तिम बलमा पहिलो, १३औं ओभरको दोस्रो बलमा दोस्रो विकेट झारेको बोल्ट्सले १५औं ओभरको अन्तिम बलमा तेस्रो विकेट झार्यो।
रोयल्सका लागि सैब अली जैब र विनोद भण्डारीले पहिलो विकेटको लागि एक सय १७ रनको साझेदारी गरे। जैब ६९ रनमा आउट हुँदा भण्डारीले ४१ रन बनाए।
तेस्रो विकेटको रुपमा हरमित सिंह १४ रन बनाएर पेभेलियन फर्कँदा अहिले क्रिजमा कप्तान दिपेन्द्रसिंह ऐरी र ब्रान्डन म्याकमलन छन्।
१५ ओभरको समाप्तीमा रोयल्स तीन विकेट गुमाएर एक सय ४३ रन बनाएर खेलिरहेको छ।
बोल्ट्सका लागि किशोर महतो, ललित राजवंशी र मोहम्मद मोसिनले समान एक-एक विकेट लिए।
पुष ६, २०८१ शनिबार १३:४५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।