शाओमीको साउन्ड आउटडोर स्पिकर बजारमा, कति पर्छ मूल्य?

शाओमीको साउन्ड आउटडोर स्पिकर बजारमा, कति पर्छ मूल्य?

काठमाडौं : शाओमीले नेपालमा शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ। लामो समयसम्म ब्याट्री टिक्ने स्पिकरले शक्तिशाली अडियो र मजबुत भएको कम्पनीले जनाएको छ।

आफ्नो नयाँ उत्पादनबारे बताउँदै शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले नवीन, टिकाउ र स्टाइलिस उत्पादन प्रदान गर्ने लक्ष्यका साथ आफूहरुले यो स्पिकर बजारमा ल्याएको बताइन्।

उनले भनिन्, ‘यसको मजबुत विशेषता र किफायती मूल्यले नेपालमा आउटडोर अडियो अनुभवलाई नयाँ परिभाषा दिनेमा हामी ढुक्क रहेका छौँ।’

शाओमी साउन्ड आउटडोर स्पिकरले प्रतिष्ठित रेड डट डिजाईन अवार्ड जित्न सफल भएको थियो। यो स्पिकर ब्ल्याक (ओरेन्ज ह्यान्डल), रातो र नीलो रङमा उपलब्ध छ। कम्प्याक्ट साइजमा बनेको स्पिकरको आकार १९७ह६८ह६६ मिलिमिटर र तौल भने मात्र ५९७ ग्राम रहेको छ।

अडियो र कनेक्टिभिटीमा उत्कृष्टता
३० वाटको पावरफुल अडियो आउटपुट र डुअल पासिभ वुफर समावेश रहेको शाओमी साउन्ड आउटडोर स्पिकरले ६० हर्जदेखि २० किलोहर्जसम्मको फ्रिक्वेन्सीमा उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ।

ब्लुटुथ ५.४ कनेक्टिभिटीलाई सर्पोट गर्ने यो स्पिकर सजिलै अन्य डिभाइससँग कनेक्ट हुन्छ र कल सपोर्टको सुविधा पनि यसले प्रदान गर्छ।

साथै अझै ठूलो अडियो सेटअपको लागि प्रयोगकर्ताहरूले दुई स्पिकरलाई स्टेरियोको रूपमा पेयर गर्न पनि सक्नेछन् वा पार्टी माहोल बनाउन यो स्पिकरलाई १०० वटासम्मका स्पिकरलाई लिंक गर्न सकिनेछ।

टिकाउपन र ब्याट्री लाइफ
विशेषगरी आउटडोर प्रेमीहरूका लागि डिजाइन गरिएको र आइपि ६७ रेटिंग पाएको शाओमी साउन्ड आउटडोर स्पिकर धूलो र पानी प्रतिरोधी पनि रहेको छ। लामो समयसम्म चल्ने यसको ब्याट्रीले एक पटकको चार्जमा १२ घण्टासम्म प्लेब्याक प्रदान गर्दछ।

साथै यो केवल २.५ घण्टामा पूर्ण रूपमा चार्ज हुने यो स्पिकरले लामो यात्रामा पनि अविरल मनोरञ्जन सुनिश्चित गर्दछ। स्टाइल, कार्यक्षमता र टिकाउपनलाई संयोजन रहेको शाओमी साउन्ड आउटडोर स्पिकर घरमा वा यात्राको लागि उपयुक्त विकल्प बनाउन सफल भएको छ।

मूल्य तथा बजार उपलब्धता 
शाओमी साउन्ड आउटडोर स्पिकरको मूल्य ६ हजार दुई सय ९९ रुपैयाँ रहेको छ, जुन नेपालभरका आधिकारिक एमआई स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ।

पुष ६, २०८१ शनिबार ०९:२१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।