एनसेल पीआरबीटी सेवा : एनपीएलमा मन पर्ने टिमको कल टोन राख्न सकिने

एनसेल पीआरबीटी सेवा : एनपीएलमा मन पर्ने टिमको कल टोन राख्न सकिने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल शनिबार हुँदैछ।

एनपीएल फाइनलको उत्साहलाई अझ रोमाञ्चक बनाउन एनसेलले ग्राहकलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ।

यससँगै ग्राहकले एनपीएलका टिमहरूको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी) का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन्।

बिहीबारसम्म ५० हजारभन्दा बढी एनसेल ग्राहकले एनपीएलका विभिन्न टिमहरूको थिम गीतलाई आफ्नो पीआरबीटीका रूपमा राखिसकेको एनसेलले जनाएको छ।

एनसेलका अनुसार प्रत्येक पीआरबीटीको शुल्क करसहित ३१ रुपैयाँ पर्ने र यो ३० दिनसम्म सक्रिय रहन्छ।

पुष ६, २०८१ शनिबार ०९:११:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।