बाजुरा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं : बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ।
जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार भूकम्पको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।
मानवीय क्षति भएको खबर नआएको र भौतिक क्षतिकाे विवरण स्थानीय तह र प्रहरीले संकलन गरिरहेको उनले बताए।
पुष ६, २०८१ शनिबार ०७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।