एसीसी महिला यू–१९ एसिया कपको फाइनलमा पुगेन नेपाल, बंगलादेशसँग नौ विकेटले पराजित
काठमाडौँ : एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भयो।
मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग नेपाल नौ विकेटले पराजित भयो। जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यस अगाडि नै भारत फाइनलमा पुगिसकेको छ।
शुक्रवारको खेलमा वर्षा बाधक बनेपछि ९ ओभर घटाएर ११ मा झारिएको थियो। नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोड्यो। जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
बङ्गलादेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन। सुमैया अख्तरले १० रन जोडिन। नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन्। कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए। बङ्गलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक-एक विकेट लिए।
पुष ५, २०८१ शुक्रबार १६:४१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।