सिद्धार्थ बैंकद्वारा ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा

सिद्धार्थ बैंकद्वारा ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा

काठमाडौं : सिद्धार्थ बैंकले भिसाद्वारा जारी गरिने विशिष्ठ श्रेणीको कार्ड ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को खेलपछि सार्वजनिक गरिएको छ।

खेलपछिको पोस्ट म्याच प्रिजेन्टेसनमा समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले कार्ड सार्वजनिक गरेका हुन्।

कार्ड प्रयोग गर्ने ग्राहकले वर्षमा दुई पटकसम्म एयरपोर्ट लाउन्जमा निःशुल्क प्रवेश, चार सय ५० भन्दा बढी यूएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट पाप्त गर्नेछन्।

नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिने प्लाटिनम कार्ड प्रयोगकर्ता ग्राहकहरूले बैंकिङ्ग सेवामा प्राथमकिता पाउनेछन्। कार्डको लागि  सुरुवाती तीन महिनाभित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ।

प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरुलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने बैंकको विश्वास छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको थियो।

पुष ५, २०८१ शुक्रबार ११:२५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।