इर्फमेटिक्स कलेजको दीक्षान्त समारोह सम्पन्न
पोखरा : इर्फमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२४ सम्पन्न भएको छ।
वार्षिक कार्यक्रम अनुसार बिहीबार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ। समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो।
समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अर्नस) कम्प्युटिङ तह पुरा गर्ने ११७ जना विद्यार्थी गरी जम्मा १३० जना विद्यार्थी दीक्षित भएका थिए।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ।
वार्षिक दिक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ।
यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुऱ्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्ने कलेजले विश्वास व्यक्त गरेको छ।
यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति आयुष काजी श्रेष्ठले पाएका छन्। उनले इस्लिङ्टन कलेजमा एमएससी आईटी र एप्लाइड सेक्युरिटी अध्ययनलाई निरन्तरता दिने छन्। यो अवार्डसँगै उनले इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्।
समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई दिँदै आगामी यात्राका लागि सफलताको शुभकामना समेत व्यक्त गरे।
इनफर्मेटिक्स कलेज पोखरा सूचना प्रविधि, व्यावसायिक प्रशासन र सम्बन्धित क्षेत्रहरूमा स्नातक कार्यक्रमहरू प्रदान गर्दै आएको छ। अन्तर्राष्ट्रिय साझेदारी, उच्चस्तरीय शैक्षिक कार्यक्रम र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक संसारमा सफल बनाउने सीप र ज्ञान प्रदान गर्न प्रतिबद्धता कलेजको विशेषता हो।
पुष ५, २०८१ शुक्रबार ११:११:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।