सात शहरका मेकानिक्सलाई सिएफ मोटोको तालिम

सात शहरका मेकानिक्सलाई सिएफ मोटोको तालिम

काठमाडौं : सिएफ मोटो नेपालले चीनस्थित सिएफ मोटो हेडक्वार्टरको ट्रेनिङ विभागको सहकार्यमा काठमाडौंमा एक तालिम दिएको छ।

मसिंर २९ देखि पुष २ गतेसम्म सञ्चालन भएको तालिममा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, हेटौंडा, बुटवल र पोखराका टेक्निसियन सभागी भएका थिए।

तालिम सिएफ मोटोका फोर ह्विलर र टु ह्विलर प्रोडक्टको मर्मत सम्भारसँग सम्बन्धित थियो।

कम्पनीका महाप्रबन्धक उज्वल जोशीका अनुसार सिएफ मोटोको उत्पादनलाई ऋषि ट्रेड सेन्टरले बिक्री गर्न थालेपछि बिक्री पछिको सेवामा ध्यान केन्द्रित हुँदै गएको छ।

‘केही ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएको गुनासो गर्न थालेपछि हामीले यसको उचित समाधान दिन पहल गर्दै आएका छौँ। सर्भिसिङलाई सहज बनाउन स्थानीय स्तरमा वर्कशप सञ्चालन गर्दै आएका मेकानिक्सलाई समेत दक्ष बनाउनुपर्छ भन्ने बुझेर हामीले यो विशेष कार्यक्रमा सम्पन्न गरेका हौँ’, उनले भने।

ऋषि ट्रेड सेन्टरले सिएफ मोटो र जिहो ब्रान्डको डिलरशिप लिएपछि सबैभन्दा बढी जोड बिक्री पछिको सेवामा केन्द्रित गर्दै लगेको छ।
 

पुष ५, २०८१ शुक्रबार १०:५७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।