हङकङविरुद्धको तेस्रो खेलमा नेपाली यु१९ टोलीले टस जित्यो

हङकङविरुद्धको तेस्रो खेलमा नेपाली यु१९ टोलीले टस जित्यो

काठमाडौं : हङकङविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालको यु१९ टोलीले टस जितेको छ।

नेपाली टोलीका कप्तान अभिषेक तिवारीले माथिल्लो मुलापानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। तीन खेलको सिरिज नेपालले २-० ले अगाडि छ।

सिरिजको पहिलो खेल तीन विकेटले जितेको नेपालले दोस्रो खेल दुई सय २६ रनको जितेको थियो।

जारी खेलमा २३.१ ओभरको खेल सकिँदा नेपाल दुई विकेट गुमाएर एक सय रन बनाएर खेलिरहेको छ।

उमेर समूहका खेलाडीहरुको अभ्यासका लागि भनेर नेपाल र हङकङ क्रिकेट संघले दुई देशबीचको खेलको लागि सहमति जनाएका हुन्।

हङकङ एकदिवसीय मान्यताप्राप्त देश भएकाले यो खेलले ओडिआईको मान्यता पाउनेछैन।

पुष ५, २०८१ शुक्रबार १०:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।