गण्डकीमा हल्का हिमपातको सम्भावना, अन्य स्थानको मौसम कस्तो?

जुगल हिमाल। तस्बिर- संयोग नेपाल/उकेरा
काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।
तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भने शुक्रबार राति आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ।
पुष ५, २०८१ शुक्रबार ०७:५६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।