काठमाडौंका यी स्थानमा आज डेढ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका यी स्थानमा आज डेढ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा आज डेढ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना निकालेर शुक्रबार बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने जनाएको छ।

बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको हो।

कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने पनि प्राधिकरणले जनाएको छ।

पुष ५, २०८१ शुक्रबार ०७:३७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।