प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी, देखिएन कुनै समस्या

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डोस्कोपी गरेका छन्। बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा ओलीको इन्डोस्कोपी गरेका हुन्।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको हो। तर, इन्डोस्कोपी परीक्षणमा कुनै समस्या देखिएको छैन।
‘समस्या भएर होइन नियमित परीक्षण हो। मिर्गौला प्रत्यारोपण अगाडि इन्डोस्कोपी गरिएको थियो’ डा. शाहले भनिन्।
इन्डोस्कोपी गरेपछि ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन्।
बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ भने नास्टको पूर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी भएनन्।
पुष ४, २०८१ बिहीबार १९:२२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।