एनसेलले ल्यायो अन लिमिटेड डेटा सापटी सुविधा,अवधि २४ घण्टा
काठमाडौँ : एनसेलका अन लिमिटेड डेटा सापटी लिन सक्ने सुविधा ल्याएको छ। कम्पनीका अनुसार सापटी सुविधालाई विस्तार गर्दै ब्यालेन्स नभएको बेलामा १ दिन समय सीमा रहेको अन लिमिटेड डेटा सापटी लिन सकिने सुविधा पुस एक गतेबाट ल्याएको हो।
कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरूले २४ घण्टा समय सीमा भएको अन लिमिटेड डेटा सापटी लिन सक्छन्।
समय सीमा १ दिन रहेको अन लिमिटेड डेटाको शुल्क कर सहित ५० रहेको कम्पनीले जानकारी दिएको छ। ग्राहकले यो डेटा सापटी लिएपछि २४ घण्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवा चल्नेछ।
एकदिने अन लिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल गर्न सक्ने र सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिने कम्पनीले जानकारी दिएको छ।
कर सहितको सेवा शुल्क २.४८ रुपैयाँ एकदिने अन लिमिटेड डेटाको ५० रुपैयाँ गरी ब्यालेन्स रिचार्ज गर्दा कुल ५२.४८ काटिने कम्पनीले जानकारी दिएको छ। सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकहरूले यो डेटा सापटी लिन सक्ने कम्पनीले जानकारी दिएको छ।
एनसेलले योसँगै ४० रुपैंया ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधा समेत दिँदै आएको छ।
पुष ४, २०८१ बिहीबार १९:२१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।