एनपीएल : सुदूपश्चिमसँग फाइनल खेल्न जनकपुरले पायो एक सय १९ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनल पुग्न जनकपुर बोल्ट्सले एक सय १९ रनको लक्ष्य पाएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको हो।
कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदा देव खनाल २४, विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनिस विक्रम ठकुरीले समान १२-१२, चाडविक वाल्टन ११ रनमा आउट हुँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
जनकपुरका लागि ललित राजवंशी, जेम्स नीसम र मोहम्मद मोसिनले समान दुई-दुई विकेट लिँदा शेर मल्ल, हर्ष ठाकर र ले समान एक-एक विकेट लिए।
इलिमिनेटरमा चितवन राइनोजलाई हराएर कर्णालीले दोस्रो क्वालिफायर खेल्ने स्थान बनाउँदा पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएर जनकपुरले कर्णालीसँग खेल्न लागेको हो।
दोस्रो क्वालिफायरको विजेताले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गर्नेछ।
पुष ४, २०८१ बिहीबार १४:०६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।