एनपीएलको दोस्रो क्वालिफायरमा जनकपुरले टस जित्यो

एनपीएलको दोस्रो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेकाे छ।

टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो।

पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ।

कर्णालीले भने बुधबार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो। 

कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिको लागि खेल्नेछ। पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ।

लिग चरणको भेटमा कर्णाली जनकपुरसँग ८ विकेटले विजयी भएको थियो। कर्णाली बुधबार चितवन राइनोजसँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ।

बुधबार खेलेका रित गौतमको स्थानमा युनिश विक्रम सिंह ठकुरीले मौका पाएका छन्।

यस्तै जनकपुरले भने सुदूरपश्चिमविरुद्ध खेलेका अरनिको यादवको स्थानमा मयन यादवले मौका दिएको छ। मयनले यस खेलबाट एनपीएल डेब्यु गर्दैछन्।

पुष ४, २०८१ बिहीबार १२:२५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।