विश्व टेस्ट च्याम्पियनसिपकाे फाइनल खेल्न भारतले बाँकी दुई टेस्ट जित्नैपर्ने

विश्व टेस्ट च्याम्पियनसिपकाे फाइनल खेल्न भारतले बाँकी दुई टेस्ट जित्नैपर्ने

एजेन्सी : ब्रिसबेनमा भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट बराबरीमा सकियो। यो नतिजापछि यी दुईबीचको पाँच खेलको सिरिज १-१ को बराबरीमा छ।

विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा अस्ट्रेलिया दोस्रो र भारत तेस्रो नम्बरमा हुँदा दक्षिण अफ्रिका पहिलो स्थानमा छ।

भारतले आफ्नो बलमा फाइनल पुग्नका लागि बाँकी दुवै खेल जित्नुपर्नेछ। अर्कोतर्फ अष्ट्रेलिया खेल्नबाँकी दुईमध्ये तीन खेलमा जित निकाल्न सके मात्र टप दुईमा स्थान बनाउनेछ।

योसँगै दक्षिण अफ्रिकालाई पाकिस्तानविरुद्ध दुई टेस्टमध्ये एउटामा मात्र जित निकाले पनि विश्व टेस्ट च्याम्पियनसिप खेल्ने पक्का छ।

ब्रिस्बेनमा बराबरी खेलेसँगै भारतको फाइनल पुग्ने आशा जीवितै छ। भारतको १७ खेलमा ९ जित, ६ हार र २ बराबरी सहित ११४ अंक छ।

टोलीलाई २ अंकको पेनाल्टी लगाइएको थियो, त्यसैले अहिले उनीहरूको स्थिति ५५.८८ प्रतिशत अंकसहित तेस्रो नम्बरमा छ। भारतले अस्ट्रेलियासँगको सिरिजमा अब २ खेल खेल्न बाँकी छ।

यदि टोलीले एक खेल पनि हार्यो भने फाइनलको दौडबाट बाहिर हुनेछ।

तालिकामा अस्ट्रेलियाले १५ खेलमा ९ जित, ४ हार र २ बराबरीमा १०६ अंक जोडेको छ। टोलीलाई १० अंकको जरिवाना पनि गरिएको थियो, त्यसैले उनीहरूसँग ५८.८९% अंक छ।

भारतपछि अष्ट्रेलियाले श्रीलंकामा २ टेस्ट खेल्नुपर्नेछ। उनीहरूलाई आफै योग्य हुन ६०% भन्दा बढी अंक चाहिन्छ।

पुष ४, २०८१ बिहीबार ०९:२६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।