मुम्बईमा एक सय जना सवार डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु

मुम्बईमा एक सय जना सवार डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी : एक सय जनाभन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण छन्। अन्यको उद्धार गरिएको छ।

गेटवे अफ इण्डियाबाट एलिफेन्टा टापुसम्म जाँदै गरेको डुङ्गा दिउँसो सवा ३ बजेतिर दुर्घटना भएको हो।

हिन्दुस्तान टाइम्सका अनुसार गेटवे अफ इन्डियाबाट ८.२५ किलोमिटर टाढा रहेको जवाहरद्वीप भन्ने बुचर टापुमा डुङ्गा पल्टिएको हो।

नौसेनाले गरेको प्रारम्भिक अनुसन्धानले नौसेनाको जहाजको इन्जिन खराब भएको देखाएको छ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीस र भारतीय नौसेनाले दुर्घटनाको दुई छुट्टाछुट्टै छानबिन गर्न आदेश दिएका छन्।

प्रधानमन्त्री कार्यालयले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गरिनेछ।

पुष ४, २०८१ बिहीबार ०७:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।