धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने, उत्कृष्ट सहभागीलाई पुरस्कृत गरिने

धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने, उत्कृष्ट सहभागीलाई पुरस्कृत गरिने

धनगढी : कैलालीको धनगढीमा आगामी पुष ५ मा ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ। बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो। 

धनगढीको चटकपुर चोक अन्तर्गत ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ।  

यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको छ।

कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरूले सहभागिता जनाउन सक्नेछन्। माइलेज च्याम्पियनमा सहभागी चालकहरूले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार बजाजका मोटरसाइकलहरू मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यो मोटरसाइकल अत्यधिक लोकप्रिय छ।  

यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रबिन खत्रीले बताएका छन्।

माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ।

पुष ३, २०८१ बुधबार २०:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।