मजदुरी गरेर सडक छेउमा बोरा ओढी सुतेका थिए, ट्रकले किचेर ज्यान गयो

मजदुरी गरेर सडक छेउमा बोरा ओढी सुतेका थिए, ट्रकले किचेर ज्यान गयो

काठमाडौं : ट्रकले किचेर हेटौंडाको सडक छेउमा एक युवकको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-४ मा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेका ना ६ ख ३३७६ नम्बरको ट्रकले किचेर हेटौंडा उपमहानगरपालिका-१ का ३३ वर्षीय श्रीकृष्ण न्यौपानेको मृत्यु भएको हो।

कनिका लोड गरेको ट्रक रजत जयन्ति चोकबाट मोड्न खोज्दा सडक छेउमा बोरा ओढी सुतेका न्यौपानेलाई किचेर घाइते बनाएको थियो। न्यौपाने बजार क्षेत्रमा मजदुरी गरेर सडकमै सुत्ने गरेका थिए। 

घाइते न्यौपानेलाई उपचारका भरतपुर लगिएकोमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्रक र ट्रक चालक पर्सा जिल्लाको जिराभवानी गाउँपालिका-९, शंखरसरैयाका ४९ वर्षीय सुखाडी भैयालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुष ३, २०८१ बुधबार १५:३२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।