पोखरामा ड्रागन बोर्ड रेस प्रतियोगिता हुँदै, चीनसँगै सिंगापुरको टोली आउँदै

पोखरामा ड्रागन बोर्ड रेस प्रतियोगिता हुँदै, चीनसँगै सिंगापुरको टोली आउँदै

काठमाडौँ : पोखराको फेवातालमा ड्रागन बोर्ड रेस प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ। पुस १३ देखि १५ सम्म प्रतियोगिता हुन लागेको हो।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिङ्गापुरको १ गरी कुल २० समूह सहभागी हुँदैछन्। चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्षदेखि पोखराको फेवा र बेगनासतालमा सञ्चालन गरिँदै आइरहेको छ। 

पुष ३, २०८१ बुधबार १५:२७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।