एनपीएलको फाइनल पुग्न सुदूरपश्चिमलाई एक सय ४० रनको लक्ष्य

एनपीएलको फाइनल पुग्न सुदूरपश्चिमलाई एक सय ४० रनको लक्ष्य

काठमाडौं : नेपाल प्रियिमर लिग (एनपीएल)को फाइनलमा पुग्न सुदूरपश्चिम रोयल्सले एक सय ४० रनको लक्ष्य पाएको छ।

पहिलो क्वालिफायर खेलमा त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनायो।

उसका लागि जिमी निसमले ४५ रनको आक्रामक पारी खेले। २३ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का हिर्काए।

त्यस अलावा शुभ कंशाकार २६, लाहिरु मिलान्था र हर्ष ठाकर समान १२-१२, आशिफ शेख र अरनिको यादव समान ११-११ रन बनाए।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा सैफ जैब दुई तथा अबिनाश बोहरा र स्कट कुग्गलाइनले समान एक-एक विकेट लिए।

सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

आजको खेलको विजेताले शनिबार हुने फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार भिड्नेछ।

पुष ३, २०८१ बुधबार १४:४२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।