सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलीपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता

सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलीपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता

काठमाडौं : सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलीपे प्लस नेटवर्क प्रयोगकर्ताहरूलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरू र अलीपे प्लस प्रयोगकर्ताहरूले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरोपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरू तथा १२५ वटा ए.टि.एम. सञ्जाल रहेका छन्।

पुष ३, २०८१ बुधबार १३:३६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।