ईसेवा मनी ट्रान्सफरद्वारा बाजुराको विद्यालयलाई सहयोग
काठमाडौं : ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाजुराको पार्वती माध्यमिक विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ।
एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विद्यालयलाई शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेको हो।
कोइरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्याइने प्रतिबद्धता व्यक्त गरे।
साथै, विद्यालयका प्रमुख व्यक्तिहरूले ईसेवा मनि ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त समेत गरे।
२०३९ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको साथै सीटीईभीटी बाजुराबाट मान्यता प्राप्त भएकाले सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन्।
पुष ३, २०८१ बुधबार १३:२४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।