एनपीएल इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा कर्णालीले चिवतन राइनोजलाई एक सय ७६ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनायो।
उसका लागि जयकिसन कोल्सावाला र विल बोसिस्टोले क्रमशः ५३ र ५२ रनको अर्धशतक बनाए। त्यसबाहेक जिसान मक्सुद १४ रनमा आउट हुँदा चाडविक वाल्टनले २३ बलमा ४६ रनको आक्रामक पारी खेले।
चिवतनका लागि सोहेल तनवीरले दुई विकेट लिँदा शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले समान एक-एक विकेट लिए।
यो खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग बिहीबार खेल्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
पहिलो क्वालिफायर आज दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
पुष ३, २०८१ बुधबार १०:४३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।