ब्रिसबेन टेस्टमा भारतले अष्ट्रेलियालाई दियो २७५ रनको लक्ष्य
एजेन्सी : ब्रिसबेनमा जारी तेस्रो टेष्ट खेलमा अष्ट्रेलियाले ७ विकेट गुमाएर ८९ रनमा दोस्रो इनिङ्स घोषणा गरेको छ।
योसँगै भारतले जितका लागि २७५ रन जोड्नुपर्नेछ।
अस्ट्रेलियाले बनाएको ४४५ रनको जवाफमा भारतीय टोली बुधबार तेस्रो टेष्टको पाँचौं र अन्तिम दिन २६० रनमा सीमित भयो।
पहिलो इनिङ्समा भारतका लागि केएल राहुलले सर्वाधिक ८४ रन बनाए। रविन्द्र जडेजाले ७७ रन बनाए।
अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ४ र मिचेल स्टार्कले ३ विकेट लिए।
अस्ट्रेलियाका लागि पहिलो इनिङ्समा ट्राभिस हेडले १५२ रन र स्टिभ स्मिथले १०१ रन बनाए।
पाँच खेलको यो सिरिजमा दुवै टोलीले एक-एक खेल जितेका छन्।
पुष ३, २०८१ बुधबार १०:३२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।