२५ प्रतिशत कर लगाउनी अमेरिकी चेतावनीपछि क्यानडाले घोषणा गर्‍यो नयाँ सीमा नियम

२५ प्रतिशत कर लगाउनी अमेरिकी चेतावनीपछि क्यानडाले घोषणा गर्‍यो नयाँ सीमा नियम

एजेन्सी : क्यानडाले नयाँ सीमा नियमहरू घोषणा गरेको छ।

यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिने बताइएको छ। नयाँ नियमअनुसार सीमा निगरानीलाई मजबुत बनाइनेछ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका बेला क्यानडाले यो घोषणा गरेको हो।

ट्रम्पले क्यानडाविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागूऔषध रोक्न आवश्यक भएको बताएका थिए।

ट्रम्पको घोषणामा, अर्थशास्त्रीहरूले यस्तो ट्यारिफले क्यानाडाको अर्थतन्त्रलाई धक्का दिन सक्ने बताएका छन्।

पुष ३, २०८१ बुधबार ०९:५६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।