एनपीएल इलिमिनेटर चितवनले टस जित्यो

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को इलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले टस जितेको छ।
टियु क्रिकेट मैदानमा बुधवार चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन्।
लिग चरणको खेलमा चितवनले कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियाे।
यो खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग बिहीबार खेल्नेछ।
पहिलो क्वालिफायर आज दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
पुष ३, २०८१ बुधबार ०९:०९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।