एनपिएलको विजेता टिमले पाउने छ एक करोड १० लाख रूपैयाँ
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलको विजेता टिमले एक करोड १० लाख रूपैयाँ पाउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज एक विज्ञप्ति जारी गर्दै प्रतियोगितामा पुरस्कारबारे जानकारी गराएको हो।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौथो हुने टिमले १५ लाख रूपैयाँ पुरस्कार पाउने छन्।
जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन्।
प्रतियोगिताको उपाधिका लागि पुस ६ मा फाइनल खेल हुनेछ।
पुष २, २०८१ मंगलबार १५:४६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।