मस्को विस्फोटमा रूसी जनरल मारिए

मस्को विस्फोटमा रूसी जनरल मारिए

एजेन्सी : रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ।

रूसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विष्फोटक पदार्थले विस्फोट गराएको बताए।

उनले भने, 'अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ।' 

उनका अनुसार रूसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मी उक्त विस्फोटमा मारिएका छन्।

पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरू गरेको छ। हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ।  

पुष २, २०८१ मंगलबार १४:३९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।